२२ जेठ २०८३, शुक्रबार

प्रहरीले गोली चलाएर २ जना लागुऔषध कारोबारी पक्रियो

माघ २३, २०८१
झापा
प्रहरीले गोली चलाएर २ जना लागुऔषध कारोबारी पक्रियो

झापाको कनकाई नगरपालिका–४ स्थित भित्री सडकखण्डमा प्रहरीले गोली प्रहारगरी दुई भारतीय लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ । 

गएराति भारतको बिहार राज्यको डिगल बैंक थाना घर भएका २८ वर्षीय अन्जार आलम र उनका भाई १९ वर्षीय यूसुब आलामलाई गोली चलाएर पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कृष्णबहादुर चन्दले जानकारी दिए । 

उनीहरूले बीआर ३७ एए ८४९८ नम्बरको मोटरसाइकलमा लागुऔषध ओसारपसार गरिरहेका थिए । 

प्रहरीले रोकेर जाँज गर्ने क्रममा दुवै जना भाग्न खोज्दा उनीहरूमाथि गोली चलाउनु परेको उनले बताए ।

मोटरसाइकल चालक अन्जार आलमको घुडाँमुनि गोली लागेको छ । उनीहरूको साथमा प्रतिबन्धित लागुऔषध ब्राउन सुगुर ६३ मिलिग्राम फेला परेको सूचना अधिकारी चन्दले बताए । घाइेत अन्जारको प्रादेशिक अस्पताल भद्रपुरमा उपचार भइरहेको छ ।  

salt training

कमेन्ट गर्नुहोस्