
सरकारले संसद्मा पेश गरेका अध्यादेश अनुमोदनका विषयलाई लिएर सभामुख देवराज घिमिरेले प्रमुख दलका सचेतकहरूसँग छलफल थालेका छन् ।
बुधबार दिउँसो ३ बजेका लागि सिंहदरबारमा बोलाइएको प्रमुख दलका सचेतकहरूको छलफल केही समय अगाडि शुरू भएको सभामुखको सचिवालयले जनाएको छ ।
राष्ट्रपतिले जारी गरेका अध्यादेश संसद्को अधिवेशन प्रारम्भ भएकै दिन संसद्मा पेश गरिएको थियो ।
बिहीबार बस्ने प्रतिनिधिसभा बैठकमा ती अध्यादेश अनुमोदन गर्ने सम्भावित कार्यसूची छ । अध्यादेश अनुमोदनका लागि प्रतिनिधि सभामा सत्तापक्षको बहुमत छ ।
राष्ट्रियसभामा भने कांग्रेस एमालेको बहुमत पुग्दैन ।
अध्यादेश अनुमोदनका लागि उपेन्द्र यादव नेतृत्वको जसपाको भूमिका निर्णायक मानिएको छ ।