१८ असार २०८३, बिहीबार

स्पेसएक्सद्वारा २१ वटा स्टारलिङ्क इन्टरनेट उपग्रह प्रक्षेपण

माघ २३, २०८१
काठमाडौं
स्पेसएक्सद्वारा २१ वटा स्टारलिङ्क इन्टरनेट उपग्रह प्रक्षेपण

अमेरिकी निजी अन्तरिक्ष कम्पनी स्पेसएक्सले २१ वटा स्टारलिङ्क उपग्रह प्रक्षेपण गरेको छ ।​​

स्पेसएक्स एक एयरोस्पेस निर्माता र अन्तरिक्ष यातायात कम्पनी हो, जुन सन् २००२ मा एलोन मस्कद्वारा स्थापना गरिएको थियो । यसले अन्तरिक्ष यात्राको लागत घटाउने लक्ष्य राखेको छ ।​

स्पेसएक्सका अनुसार फ्लोरिडाको केप क्यानाभेरल स्पेस फोर्स स्टेसनबाट फाल्कन ९ रकेटबाट पूर्वी समय बिहान ५ः१५ मा उपग्रहहरू प्रक्षेपण गरिएको थियो ।​

स्पेसएक्सले पछि २१ स्टारलिङ्क उपग्रहहरूको तैनाथी पुष्टि गर्‍यो, जसमा १३ डायरेक्ट–टू–कल क्षमताहरू भएका उपग्रह रहेका छन् ।​

स्टारलिङ्क निजी अन्तरिक्ष उडान कम्पनी स्पेसएक्सद्वारा दुर्गम स्थानहरूमा कम लागतको इन्टरनेट उपलब्ध गराउन विकसित गरिएको उपग्रह नेटवर्कको नाम हो । एउटा स्टारलिङ्क उपग्रहको आयु लगभग पाँच वर्षको हुन्छ ।​

स्पेसएक्सका अनुसार, स्टारलिङ्कले उच्च गतिको ब्रोडब्यान्ड इन्टरनेट पहुँच पूर्णरूपमा अनुपलब्ध भएका स्थानहरूमा पुर्‍याउनेछ ।

salt training

कमेन्ट गर्नुहोस्