![कमलपोखरीको म:म पसलमा ग्यास सिलिण्डर विष्फोट, ११ जना घाइते [तस्वीरहरू]](https://lktcdn2.prixacdn.net/media/gas_cylinder_blast_4_QiTWDzHuoE.jpg)
काठमाडौंको कमलपोखरीमा ग्यास सिलिण्डर विष्फोट हुँदा ११ जना घाइते भएका छन् । घाइते हुनेहरू सोही पसलका कामदार हुन् ।

आज बिहान सानदार मःम पसलमा ग्यास सिलिण्डर विष्फोट भएको उपत्यका प्रहरी कार्यालयका एसएसपी शेखर खनालले लोकान्तरलाई जानकारी दिए ।

घाइतेलाई कीर्तिपुर अस्पताल लगिएको उनले बताए । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ ।
विष्फोटपछि घरको सिलिङ भत्किएर खसेको छ । घटनास्थलमा नेपाल प्रहरीको टोली खटिएको छ ।
प्रहरीले खोजी कार्य जारी राखेको उनले बताए ।
