१० असार २०८३, बुधबार

चेपाङ महिलालाई बाख्रा वितरण

माघ २४, २०८१
चितवन
चेपाङ महिलालाई बाख्रा वितरण

इच्छाकामना गाउँपालिका–१ का १० जना सीमान्तकृत चेपाङ समुदायका एकल महिलालाई बाख्रा वितरण गरिएको छ । 

सशक्तीकरण परियोजनामार्फत् सपना भिलेज सोसियल इम्प्याक्टले आयआर्जनका लागि बाख्रा प्रदान गरिएको हो । 

सीमान्तकृत चेपाङ समुदायका एकल महिलाको जीवनस्तर उकास्न तथा आयमूलक कार्यक्रम सञ्चालन गरिरहेको इम्प्याक्टका अध्यक्ष ध्रुव गिरीले बताए ।

उनका अनुसार सोही परियोजनामार्फत गत वर्ष पनि १६ जना महिलालाई जनही चार वटा बाख्रा वितरण गरिएको थियो ।


 

salt training

कमेन्ट गर्नुहोस्