०१ असार २०८३, सोमबार

बारा-पर्सामा राजस्व चुहावटका घटना बढे

माघ २४, २०८१
बारा
बारा-पर्सामा राजस्व चुहावटका घटना बढे

बाराको पथलैयास्थित राजस्व अनुसन्धान कार्यालयले राजस्व चुहावटका घटना बढेका बताएको छ । 

कार्यालयले चालु आर्थिक वर्षको छ महिनामा ६८ करोड ७३ लाख मागदाबीसहित राजस्व चुहावटसँग सम्बन्धित आठ वटा मुद्दा दर्ता गरेको छ । 

कार्यालयले गत आर्थिक वर्षको सोही अवधिमा ५४ लाख मागदाबीसहित राजस्व चुहावटसँग सम्बन्धित एउटा मुद्दा दर्ता गरेको थियो । 

उक्त कार्यालयका प्रमुख अनुसन्धान अधिकृत हरिप्रसाद शर्माले गत आवको छ महिनाको तुलनामा चालु आवको सोही अवधिमा राजस्व चुहावटसम्बन्धी मागदाबी रकम र मुद्दा सङ्ख्या उल्लेखनीय रुपमा वृद्धि भएको बताए ।

कार्यालयले चालु आवको छ महिनामा चुहावट धरौटी रकम रु दुई करोड ९८ लाख सङ्कलन गरेको छ ।

गत आवको सोही अवधिमा रु एक करोड ५२ लाख धरौटी राज्य कोषमा दाखिला भएको थियो । 

साथै, गत आवको छ महिनाको तुलनामा चालु आवको सोही अवधिमा भिसिटीएस जरिवाना रकम पनि रु १२ लाख ४३ हजार बढी सङ्कलन भएको छ । 

salt training

कमेन्ट गर्नुहोस्