
प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज (बिहीवार) संसद्लाई सम्बोधन गर्ने भएका छन् ।
विपक्षी दलका नेताले बोल्न समय माग गरेको संसद् सचिवालयका एक अधिकारीले जानकारी दिए । बिहीवार बस्ने बैठकको शून्य समयपछि प्रचण्डले बोल्ने कार्यक्रम बनेको उनले बताए ।
समसामयिक विषयमा प्रचण्डले सम्बोधन गर्न लागेका हुन् । विपक्षी दलको नेताले सम्बोधन गर्ने दिन प्रधानमन्त्री संसद्को बैठकमा उपस्थित हुने संसदीय परम्परा छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले अधिवेशन शुरू भएको दिन माघ १८ गते नै संसद्मा सम्बोधन गरेका थिए । प्रतिनिधि सभाको बैठक बिहीवार १ बजे बस्दैछ ।