०५ साउन २०८३, मंगलबार
प्रतिनिधिसभा बैठक

प्रचण्डको प्रश्न– ३५ वर्ष विकास गर्न हतारिनुभएन, ६ दिनमा चमत्कार गर्न खोज्नुभएको हो ?

माघ २४, २०८१
काठमाडौं
प्रचण्डको प्रश्न– ३५ वर्ष विकास गर्न हतारिनुभएन, ६ दिनमा चमत्कार गर्न खोज्नुभएको हो ?

प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पटकपटक सत्तामा बस्दा ३५ वर्ष नहतारिएका कांग्रेस-एमाले ६ दिनमा किन हतारिएको भन्दै प्रश्न उठाएका छन् । 

प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै प्रचण्डले सरकारले सदन छलेर अध्यादेश ल्याएको भन्दै प्रश्न उठाएका हुन्  । 

‘कांग्रेसले १२, एमालेले ७ पटक सरकारको नेतृत्व गरेका छन् । यस क्रममा ३५ वर्ष शासन गरेपछि देशको विकास ६ दिन ढिलो हुने भयो भनेर अध्यादेश ल्याउनुभएको हो ?’ प्रचण्डले भने, ‘६ दिन अगाडि अध्यादेश ल्याएर चमत्कार गर्न खोज्नुभएको हो ? रातारात अध्यादेशको चोर बाटाले भन्छ, तपाईंको नियत सफा छैन ।’

माघ ८ गते संसद्को अधिवेशन आह्वान हुनु ६ दिन अगाडि दर्जनौं ऐन संशोधन गर्न अध्यादेश ल्याइएको भन्दै प्रचण्डले प्रश्न उठाए । 

अध्यादेशबाट शासन चलाउन खोजिएकोमा विपक्षीको मात्रै होइन, सरकारमै रहेका दलका सांसदले समेत अविश्वास गरेको प्रचण्डले बताए । 

संसद्‌मा विचाराधीन विधेयक फिर्ता नलिई किन अध्यादेश ल्याइयो भन्दै प्रचण्डले प्रश्न उठाए । 

salt training

कमेन्ट गर्नुहोस्