०३ साउन २०८३, आइतबार

इतिहासको शिक्षा लिएर भन्दैछौं- सत्ताको खेलमा छैनौं : प्रचण्ड

माघ २४, २०८१
काठमाडौं
इतिहासको शिक्षा लिएर भन्दैछौं- सत्ताको खेलमा छैनौं : प्रचण्ड
फाइल तस्वीर ।

प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इतिहासको शिक्षा लिएर अब सत्ताको खेलमा नलाग्ने प्रण गरेका छन् । 

बिहीबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै प्रचण्डले माओवादी सत्ताको खेलमा नभएको बताएका हुन् । बरु आफ्नै तागतमा सरकार आउने उनको दाबी छ । 

‘अझै पनि गठबन्धनका साथीहरू माओवादीबाट सत्ताको खेल तलमाथि होला कि भनेर डराइरहेको देख्छु म । सम्मानित संसद्‌मै म फेरि एकपटक दोहोर्‍याउँछु, हामी अब सत्ताको खेलमा छैनौं । तपाईंहरू देखिरहनुभएको छ, हामी त जनतातिर फर्किसक्यौं । शहीदका सपना र संकल्पतिर फर्किसक्यौं’, प्रचण्डले भने, ‘तपाईंहरूका संगतले थोरै मैलिएका थियौं, धुलिएका थियौं । आधारभूत वर्गबाट थोरै टाढिएका थियौं । त्यो धुलो र मैलो टक्टक्याएर हामी फेरि गरीब, सीमान्त वर्ग र वर्णतिर फर्किसक्यौं ।’

आपसी विश्वास भएको भए किन कुर्सी मिलाइरहेको भन्दै उनले सत्तारूढ दुई दल कांग्रेस-एमालेलाई प्रश्न समेत गरेका छन् । 

‘स्थायित्वको गुड्डी हाँकेर बनेको गठबन्धन हो, स्थायित्व होस्  । हरेक दिन गनेर आलोपालोको घोषणा गरिरहनुपर्ने गरी विश्वासको यति धेरै संकट राम्रो देखिएन । हामीसँग डराएर हरेक दिन सत्ता हस्तान्तरणको राग गाइरहन पर्दैन, यति दिनमा धरोधर्म छाड्छु भनेर कसम खाइरहन पर्दैन । ०८४ सम्म मात्र किन, त्यो पछि पनि सँगै जानोस्, मेरो शुभकामना छ’, उनले भने, ‘हामी सरकार बनाउनेछौं तर आफ्नै सामर्थ्यमा । सरकारको खेलमा हामी छैनौं तर, अहिले जसरी नै संसद्को बहुमतको दुरुपयोग गरेर माफियालाई देश बेच्न हिँडिरहनुभयो भने हामी प्रतिरोध गर्छौं ।’

salt training

कमेन्ट गर्नुहोस्