०५ साउन २०८३, मंगलबार

कार्यान्वयन प्रक्रियामा नगएका आयोजना स्थगित गरिने

माघ २४, २०८१
काठमाडौं
कार्यान्वयन प्रक्रियामा नगएका आयोजना स्थगित गरिने

चालू आर्थिक वर्षको बजेटमा परेका तर पुस मसान्तसम्म कार्यान्वयनमा नगएका योजना तथा कार्यक्रम रद्द हुनेभएका छन । 

चालू आर्थिक वर्ष २०८१÷८२ को बजेटको अर्धवार्षिक समीक्षामार्फत सरकारले आयव्ययको अनुमान संशोधनसँगै योजना तथा कार्यक्रमको पुनःप्राथमिकीकरण गरेको हो । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालु आर्थिक वर्षको बाँकी अवधिका लागि बजेटका योजना तथा कार्यक्रमको पुनःप्राथमिकीकरण गरिएको बताए । विनियोजित बजेटको सीमा नाघ्ने गरी खर्च गरेर अर्को वर्ष भुक्तानी दिने गरी दायित्व सार्ने प्रवृत्तिलाई नियन्त्रण गर्ने उनको भनाइ थियो ।

हालसम्म कार्यान्वयन सुरु नभएका कार्यक्रमको बजेट रोक्का राखी अत्यावश्यक पर्ने क्षेत्रमा रकमान्तर गरी व्यवस्थापन गरिने अर्थमन्त्री पौडेलले उल्लेख गरे । 

salt training

कमेन्ट गर्नुहोस्