३१ असार २०८३, बुधबार

शंकर पोखरेलको प्रश्न- सोसल मिडिया नियमन गर्न खोज्दा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुन्छ र ?

माघ २५, २०८१
काठमाडौं
शंकर पोखरेलको प्रश्न- सोसल मिडिया नियमन गर्न खोज्दा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुन्छ र ?

नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सामाजिक संजाल नियमनको आवश्यकता बोध गरेर सरकारले संसद्‌मा विधेयक दर्ता गरेको बताएका छन् । 

प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बिहीबार संसद्‌मा गरेको सम्बोधनमा टिप्पणी गर्दै प्रचण्डले सरकारलाई अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्न खोजेको आरोप लगाउनु दिउँसै रात पार्नुजस्तै भएको टिप्पणी गरे । 

सामाजिक संजाल नियमनसम्बन्धी संसद्‌मा दर्ता भएको विचाराधीन विधेयकका सन्दर्भमा प्रचण्डले असन्तुलित र विरोधाभाषी अभिव्यक्ति दिएको उनको टिप्पणी छ । 

उनले प्रचण्ड प्रधानमन्त्री हुँदा टिकटक बन्द गरेको र वर्तमान सरकारले खुला गरेको समेत स्मरण गरेका छन् । 

'विगतमा आफू प्रधानमन्त्री भएका बेला टिकटक बन्द गर्ने 'प्रचण्ड'ले टिकटक खोल्न अनुमति दिने सरकारलाई अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्न खोजेको आरोप लगाउनु दिउँसै रात पार्नुजस्तै हो,' उनले भनेका छन्, 'सोसल मिडियाको दुरुपयोग भयो भनेर सोसल मिडिया प्लेटफम नै बन्द गर्दा अभिव्यक्ति स्वतन्त्रताको रक्षा हुने अनि त्यसलाई सञ्चालन गर्न दिएर नियमन गर्न खोज्दा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने हुन्छ र ? अवश्य हुँदैन ।'

salt training

कमेन्ट गर्नुहोस्