०९ असार २०८३, मंगलबार

विपिन जोशीको रिहाइका लागि अरब संसद्का अध्यक्षलाई सभामुख घिमिरेको पत्र

माघ २५, २०८१
काठमाडौं
विपिन जोशीको रिहाइका लागि अरब संसद्का अध्यक्षलाई सभामुख घिमिरेको पत्र

सभामुख देवराज घिमिरेले विपिन जोशीको सकुशल रिहाइका लागि विशेष पहल गरिदिन अनुरोध गर्दै अरब संसदका अध्यक्ष महामहिम मोहम्मद अहमद अल-यमाहीलाई पत्र लेखेका छन् ।

सभामुख घिमिरेले अरब संसद्का अध्यक्ष अल–यमाहीलाई शुक्रबार पत्र लेख्दै विपिन जोशीको सकुशल रिहाइका लागि विशेष पहल गरिदिन आग्रह गरेका हुन् ।

'हमासद्वारा अपहरण गरिएका नेपाली विद्यार्थी विपिन जोशीको शीघ्र रिहाइका लागि अरब संसदका अध्यक्ष महामहिम मोहम्मद अहमद अल-यमाहीलाई पत्र लेख्दै । मैले महामहिमलाई विपिन जोशीको सकुशल रिहाइका लागि विशेष पहल गरिदिन अनुरोध गरेको छु,' सभामुख घिमिरेले सामाजिक सञ्जालमा लेखेका छन् । 

विपिन जोशी हमासद्वारा अपहरणमा परेपछि सरकारले कूटनीतिक पहल तीव्र बनाएको छ। यसअघि, परराष्ट्रमन्त्री आरजु राणा देउवाले पनि कतार र इजिप्ट सरकारसँग जोशीको रिहाइका लागि पहल गरिदिन आग्रह गरेकी थिइन्।

केही दिन अगाडि मात्रै नेपालका लागि इजरायली राजदूत श्मुलिक आरी बासले सभामुखसँगको भेटमा विपिनको रिहाइका लागि संसदीय कूटनीतिसमेत प्रयोग गर्न सकिने सुझाव दिएका थिए । 

 

salt training

कमेन्ट गर्नुहोस्