१६ असार २०८३, मंगलबार

खुला दौड प्रतियोगिता गर्दै शाइन रेसुङ्गा बैंक, २ हजार जना सहभागी बन्ने अनुमान

माघ २६, २०८१
बुटवल
खुला दौड प्रतियोगिता गर्दै शाइन रेसुङ्गा बैंक, २ हजार जना सहभागी बन्ने अनुमान

खेलकुदमा बुटवललाई चिनाउने उद्देश्यसहित आगामी फागुन दोस्रो साता शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले दश किलोमिटर खुला दौड प्रतियोगिता गर्ने भएको छ । बैंकले आफ्नो १७ औं वार्षिकोत्सवको अवसरमा फागुन ११ गते शाइन रेसुङ्गा राष्ट्रिय ‘टेन के रन’ प्रतियोगिता गर्न लागेको हो ।

काठमाडौं बाहिर एउटा मात्र केन्द्रीय कार्यालय रहेको डेभलपमेन्ट बैंक शाइनले पहिलोपटक एथलेटिक्समा लोकप्रिय मानिने खुला दौड प्रतियोगिता गर्न लागेको शनिबार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।​

बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रकाश पौडेलले कार्यक्रम मिनिङफूल भई समाजमा राम्रो प्रभाव पार्न सक्ने आशा लिए ।

प्रतियोगितामा पुरुष र महिला विधामा विजेता धावकले जनही १/१ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । दोस्रो हुनेले जनही ४० हजार, तृतीय हुनेले २० हजार, चौथो हुनेले १५ हजार र पाँचौं हुनेले जनही  १०/१० हजार प्राप्त गर्नेछन् ।

खुलातर्फ ५० वर्ष उमेर समूहका सहभागी हुनेछन् भने स्थानीय धावकको सहभागिताको लागि ५ किलोमिटर दौड राखिएको छ ।

खुल्ला दौड बैंकको केन्द्रीय कार्यालय बुटवल कालिकानगरबाट शुरू भएर तिलोत्तमाको मणिग्राम चोकमा पुगी पुनः बैंकको कार्यालयमा फर्किएपछि समापन हुनेछ ।

५० वर्ष उमेरभन्दा माथिका महिला पुरुषबीच हुने दौडमा पुरस्कार जनही १५ हजार, १० हजार, तेस्रो हुनेले ५ हजार र चौथो हुनेले २ हजार ५०० सय रुपैयाँ प्राप्त गर्ने बैंकका सीईओ पौडेलले जानकारी दिए । 

दौडमा २ हजारको सहभागिता हुने र प्रतियोगिताका लागि २० लाख खर्च हुने बैंकको अनुमान छ । वित्तीय क्षेत्रमा १६ वर्षदेखि सेवा उपलब्ध गराउँदै आएको बैंकले सामाजिक क्षेत्रमा पनि अग्रणी रूपमा काम गर्दै आएको छ ।

salt training

कमेन्ट गर्नुहोस्