३१ असार २०८३, बुधबार

अन्तरराष्ट्रिय भेट्रान गोल्डकपको उपाधि विराट भेट्रान ‘ए’ लाई

माघ २६, २०८१
काठमाडौं
अन्तरराष्ट्रिय भेट्रान गोल्डकपको उपाधि विराट भेट्रान ‘ए’ लाई

चौथो अन्तरराष्ट्रिय आमन्त्रण विराट भेट्रान गोल्डकप फुटबल प्रतियोगिताको उपाधि विराट भेट्रान ‘ए’ ले उचालेको छ ।

मोरङस्थित सुकुना खेलमैदानमा आज भएको फाइनल खेलका विराट भेट्रान ‘बी’  लाई  १—७ गोलले पराजित गर्दैै आयोजक विराट भेट्रान ‘ए’ ले  उपाधि उचालेको हो ।

विजेता टोलीबाट जर्सी नं ११ का खेलाडी कृष्ण शाक्यले खेलको ११, २५ तथा ६३औँ मिनेटमा एक्लै तीन गोल गरेका थिए । साथै जर्सी नं ९ का खेलाडी सुरज प्रधानले खेलको २२, ५१ र ६१ औँ मिनेटमा तीन गोल गरे । यसैगरी सोही टोलीबाट जर्सी नं ७ का खेलाडी डेनी राईले खेलको ३२औँ मिनेटमा अर्को गोल थपे ।

उपविजेतामा सीमित विराट भेट्रान ‘बी’का खेलाडी जर्सी नं १६ का निर्मल तामाङले खेलको ४९औँ मिनेटमा एक गोल गरेर आफ्नो टोलीलाई शून्य गोलबाट जोगाएका थिए । खेल अवधिभरि विजेता टोलीले उपविजेतालाई कडा दबाबमा राखेको थियो । खेलमा गोल गर्ने थुप्रै अवसर पाए पनि उपविजेता टोलीले त्यसको सहदुपयोग गर्न सकेन । 

प्रतियोगिताको विजेता टोलीले रु एक लाख तथा उपविजेताले रु ५० हजार नगदका साथमा ट्रफी र प्रमाणपत्र पुरस्कार प्राप्त गरेका छन् । खेलको ‘म्यान अफ दी म्याच’  विजेता टोलीका खेलाडी कृष्ण शाक्य, वेस्ट डिफेन्ड सरोज बस्नेत तथा ‘म्यान अफ सिरिज’ जेनी राई घोषित भए । 

यही माघ १९ गतेदेखि भएको प्रतियोगितामा नेपालका आठ र भारतका दुई गरेर दश भेट्रान टोलीको सहभागिता रहेको थियो । गत वर्ष प्रतियोगिताको  उपाधि  सशस्त्र प्रहरी बल एपिएफ काठमाडौँले उचालेको थियो । राजारानी फुटबल क्लब धनकुटा उपविजेता बनेको थियो । यसपटकको प्रतियोगितामा सुन्दरहरैँचा नगरपालिका मुख्य सहयोगी तथा जिल्ला फुटबल सङ्घ मोरङ सहयोगकर्ता रहेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्