०१ असार २०८३, सोमबार

टाटाको भ्यालेन्टाइन विशेष अफर : पुराना गाडीसँग ‘टियागो ईभी र पन्च ईभी’ साट्न सकिने

माघ २७, २०८१
काठमाडौं
टाटाको भ्यालेन्टाइन विशेष अफर : पुराना गाडीसँग ‘टियागो ईभी र पन्च ईभी’ साट्न सकिने

नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक, सिप्रदी ट्रेडिङ प्रालिले भ्यालेन्टाइन सप्ताह–२०२५ को अवसरमा, माघ २८ देखि फागुन ३ गतेसम्म (१० फेब्रुअरीदेखि १५ फेब्रुअरी, २०२५) भ्यालेन्टाइन स्पेशल ‘एक्सचेन्ज विथ लभ’ कार्यक्रम गर्ने भएको छ । 

यस विशेष अवसरमा टाटा ब्रान्डका प्यासेन्जर श्रेणीअन्तर्गत नेपालमा सर्वाधिक रुचाइएका अत्याधुनिक प्रविधियुक्त टियागो ईभी र पन्च ईभी, जुनसुकै ब्रान्डका पुराना गाडीहरूसँग साट्न सकिने छ ।

यो कार्यक्रम टाटा मोटर्सको देशभर रहेका शोरुमहरूमा आयोजना हुन लागेको हो । 

‘एक्सचेन्ज विथ लभ’ योजना अन्तर्गत गाडी खरिद गर्ने ग्राहकहरुले आकर्षक एक्सचेन्ज बोनस, एक्सेसरिज, सिप्रदीको चार्जिङ्ग नेटवर्कमा लाइफ टाइम निःशुल्क चार्जिङ, निःशुल्क इम्बोस्ड नम्बर प्लेट र १ वर्षको वार्षिक सवारी कर, निःशुल्क चार्जिङ बक्स (जडानसहित) हरेक बुकिङमा आकर्षक उपहारसमेत प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

यस्तै, सो अवसरमा ग्राहकहरूले टाटा मोटर्सको नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरू अवलोकन तथा टेस्ट ड्राइभ गर्न सक्नेछन्। 

नयाँ गाडी खरिद गरेर भरपूर फाइदा उठाउन कम्पनीले आग्रह गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्