१६ असार २०८३, मंगलबार

श्रीलङ्कामा २५ लाख नरिवल रूख रोपण अभियान सुरू

माघ २७, २०८१
काठमाडौं
श्रीलङ्कामा २५ लाख नरिवल रूख रोपण अभियान सुरू

श्रीलङ्काको नरिवल खेती बोर्डले सन् २०२५ मा २५ लाख नरिवलको रूख रोप्ने लक्ष्य राखेको छ ।

नरिवल खेती बोर्डका अध्यक्ष सुनिमल जयकोडीले खेती विस्तारको आधारशिला बनाउन फेब्रुअरी १७ गतेदेखि क्षेत्रीय नरिवल खेती समितिलाई पुनर्गठन गर्ने स्थानीय सञ्चारमाध्यमलाई बताए।

“श्रीलङ्काको मुख्य नरिवल  क्षेत्र नर्दन कोकोनट ट्राइङ्गलमा २५ लाख नरिवलको बिरुवा खेती गरिने लक्ष्य रहेको छ,” उनले भने ।

आधिकारिक तथ्याङ्क अनुसार श्रीलङ्काले हरेक वर्ष करिब तीन अर्ब नरिवल उत्पादन गर्ने गर्दथ्यो, तर पछिल्ला वर्षमा उक्त उत्पादन घटेर दुई अर्ब ८५ करोड पुगेको छ ।

मुख्यतया हेरचाह, मर्मतसम्भार र कीराको प्रकोपका कारण यो कमी आएको नरिवल विकास प्राधिकरणका अध्यक्ष शान्थ रणतुङ्गाले सञ्चारमाध्यमलाई बताए । 

श्रीलङ्काको मन्त्रिपरिषद्ले भर्खरै नरिवल तेल उत्पादनको लागि २० करोड नरिवलको दाना र सुकेको नरिवलको टुक्रा आयात गर्ने प्रस्तावलाई अनुमोदन गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्