१२ असार २०८३, शुक्रबार

३४ औँ स्थापना दिवस मनाउँदै अख्तियार

माघ २८, २०८१
काठमाडौं
३४ औँ स्थापना दिवस मनाउँदै अख्तियार

भ्रष्टाचार नियन्त्रणका लागि स्थापित अख्तियार दुरुपयोग अनुसन्धान आयोग आजदेखि ३४औँ वर्षमा प्रवेश गरेको छ । ३४औँ स्थापना दिवसका अवसरमा अख्तियारले आज टङ्गालस्थित  कार्यालयमा सुशासन प्रवद्र्धनसम्बन्धी विविध कार्यक्रमगरी मनाउँदै छ । 

आयोगका सचिव घनश्याम उपाध्यायका अनुसार राष्ट्रपति रामचन्द्र पौडेललाई कार्यक्रमको प्रमुख अतिथिका रूपमा आमन्त्रण गरिएको छ । 

भ्रष्टाचार नियन्त्रण गर्ने उद्देश्यले स्थापना भएको आयोग संवैधानिक निकाय हो । 

नेपालको संविधानले आयोगलाई भ्रष्टाचार नियन्त्रणमा केन्द्रित भई कार्य गर्नेगरी अधिकार प्रदान गरेको छ । संविधानको मर्मअनुसार आयोगले दण्डात्मक, निरोधात्मक, प्रवद्र्धनात्मक र संस्थागत क्षमता विकासका रणनीतिलाई अङ्गीकार गर्दै आफ्नो भूमिका निर्वाह गरिरहेको छ ।

आयोगको ३४ औँ वार्षिक प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८०/८१ मा आयोग र मातहतका कार्यालयमा २६ हजार नौ सय १८ उजुरी र गत आवबाट जिम्मेवारी सरेर आएका नौ हजार दुई सय ६८ गरी ३६ हजार एक सय ८६ उजुरीमध्ये कूल २७ हजार सात सय १४ फछ्र्यौट भएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्