०५ असार २०८३, शुक्रबार

स्याङ्जाको वालिङमा ट्रक र मोटरसाइकल ठोक्किए, एक जनाको मृत्यु

माघ २८, २०८१
स्याङ्जा
स्याङ्जाको वालिङमा ट्रक र मोटरसाइकल ठोक्किए, एक जनाको मृत्यु

स्याङ्जाको वालिङ नगरपालिका-८ डुम्रीकोटस्थित सिद्धार्थ राजमार्गमा भएको सवारी दुर्घटनामा एक किशोरको मृत्यु भएको छ।

गएराति साढे ८ बजे वालिङमोडबाट भकुण्डे जाँदै गरेको ग१ ख ९४७२ नम्बरको ट्रकलाई लु ६९ प. ८०६७ नम्बरको मोटरसाइकलले ओभरटेक गर्ने क्रममा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय, स्याङ्जाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरिप्रसाद पौडेलले जानकारी दिए । 

उनका अनुसार मोटरसाइकल ट्रकको बीच भागमा पुगेपछि पछाडि सवार स्याङ्जाको बिरूवा गाउँपालिका-७ घर भई हाल वालिङ नगरपालिका-९ क्याम्पसरोड बस्दै आएका १६ वर्षीय सुशिल गुरुङ गम्भीर घाइते भएका थिए।

घाइते गुरुङलाई तत्कालै वालिङस्थित प्राथमिक स्वास्थ्य केन्द्र लगिएको थियो। उपचारका क्रममा राति ९ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् ।

घटनामा संलग्न ट्रक चालक र मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए । 


 

salt training

कमेन्ट गर्नुहोस्