१७ असार २०८३, बुधबार
हिटलर शैली अपनाएको आरोप

बालेनलाई अमरेशको चेतावनी– गरिबमाथि होइन हिम्मत भए सिंहदरबारमा डोजर चलाउ

माघ २८, २०८१
काठमाडौं
बालेनलाई अमरेशको चेतावनी– गरिबमाथि होइन हिम्मत भए सिंहदरबारमा डोजर चलाउ
फाइल तस्वीर

स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन)को शैली जर्मनका तानशाह हिटलरकोजस्तो भएको आरोप लगाएका छन् । उनले नाजीवादी शासनको परिकल्पना नगर्न बालेनलाई चुनौती दिए । 

सोमवार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा सांसद सिंहले कवाड व्यवसायीमाथि डोजर चलाएर काठमाडौंका मेयरले हिटलरको शैली अपनाएको आरोप लगाएका हुन् । 

‘काठमाडौंको मेयर कुन तानाशाह भएर निस्केको छ ? नाजीवाद र फासीवादको शुरू हुन लागेको हो ?’ सांसद सिंहले भने, ‘हिम्मत छ भने संसद् भवन र सिंहदरबारमा डोजर चलाएर देखाउ, गरिबमाथि होइन ।’ 

संघीय राजधानी सबै जातजाति, भाषाभाषीको भएकोले बालेनले अत्याचार गर्न नपाउने उनले बताए । काठमाडौं महानगरले कवाड व्यवसायीमाथि हिजो गरेको हस्तक्षेपमा केही मजदुर घाइते भएका छन् । 

आफूहरूलाई विस्थापित गर्न लागेको भन्दै कवाड व्यवसायीले आन्दोलन गरिरहेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्