१० असार २०८३, बुधबार

माओवादी नेतृले संसद्‌भित्र लगाइन् नारा– ‘महान् जनयुद्ध जिन्दावाद !’

माघ २८, २०८१
काठमाडौं
माओवादी नेतृले संसद्‌भित्र लगाइन् नारा– ‘महान् जनयुद्ध जिन्दावाद !’

प्रधानमन्त्री केपी शर्मा ओलीले पश्चगामी बहस शुरू गरेको भन्दै नेकपा माओवादी केन्द्रकी नेतृले संसद्‌भित्र जनयुद्धको पक्षमा नारा लगाएकी छिन् ।

सोमबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा सांसद ज्ञानु बस्नेत सुवेदीले जनयुद्ध जिन्दावाद भन्दै नारा लगाएकी हुन् । 

नेपाली जनताको तर्फबाट सचेततापूर्वक थालनी गरिएको बलिदानी दिवसलाई अपमान गर्नेगरी प्रधानमन्त्री ओलीले हिंसा भनेकोमा उनले खेद व्यक्त गरिन् ।

‘जनयुद्ध दिवस आउन ३ दिन बाँकी रहेको समयमा प्रधानमन्त्रीबाट बिनाप्रसंग हिंसा भनेको सुन्नु परेको छ । संसद्‌मा पनि हिंसाको सुगा रटाइ गरिरहेका छन् । अहिले आएर जनयुद्धलाई हिंसा भनिएकोमा खेद व्यक्त गर्छु,’ उनले संसद्‌मा भनिन्, ‘भनिरहने छु, महान् जनयुद्ध जिन्दावाद, जिन्दावाद । लाल सलाम ।’

यसअघि शुक्रबार बसेको प्रजातन्त्र दिवस मूल आयोजक समितिको बैठकमा प्रधानमन्त्री ओलीले माओवादी जनयुद्ध नभई हिंसा भएको टिप्पणी गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्