१० असार २०८३, बुधबार

नारायणी नदीमा हामफालेकी महिलाको सकुशल उद्धार

माघ २९, २०८१
काठमाडौं
नारायणी नदीमा हामफालेकी महिलाको सकुशल उद्धार

नारायणी नदीमा हामफालेकी महिलाको सकुशल उद्धार गरिएको छ ।

​पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका– ७ स्थित नारायणी नदीमा हामफालेकी महिलाको सशस्त्र प्रहरीले मंगलबार सकुशल उद्धार गरेको हो ।

प्रतापपुर गाउँपालिका– ३ सोमनीका ३५ वर्षीय अनिता हरिजन त्रिवेणी ब्यारेजबाट नारायणी नदीमा हामफालेकी थिइन् ।

घटनाबारे जानकारी पाउनासाथ बीओपी विनयी त्रिवेणीबाट सशस्त्र प्रहरी निरीक्षक गणेश थापाको कमान्डमा खटिएको सुरक्षा फौजले उनलाई सकुशल उद्धार गरेको हो ।​​

उद्धारपश्चात उनलाई उपचारका लागि त्रिवेणी स्वास्थ्य चौकीमा लगिएको प्रहरीले जनाएको छ।

salt training

कमेन्ट गर्नुहोस्