२५ जेठ २०८३, सोमबार

अमेरिका पुगे मोदी, ट्रम्पसँग भेटवार्ता गर्ने

फागुन १, २०८१
काठमाडौं
अमेरिका पुगे मोदी, ट्रम्पसँग भेटवार्ता गर्ने

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अमेरिका पुगेका छन् । अमेरिका भ्रमणमा रहेका उनी बिहीबार बिहान वाशिङटन डीसी पुगेका हुन् । 

अमेरिकामा रहँदा उनले राष्ट्रपति डोनाल्ड ट्रमपलाई भेट्ने कार्यक्रम छ । ‘भारत र अमेरिकाबीच व्यापक विश्वव्यापी रणनीतिक साझेदारी निर्माण गर्न उत्साहित छु। हामी दुवै देशले हाम्रा जनता र हाम्रो ग्रहको राम्रो भविष्यको लागि सँगै काम गर्न जारी राख्नेछौं,' उनले लेखेका छन् । 

ट्रम्पलाई भेट्नुअघि उनले अमेरिकी गुप्तचर प्रमुख तुलसी गबार्डसँग भेट गरेका थिए ।

ट्रम्प र मोदीबीचको भेटमा व्यापार, लगानी, ऊर्जा, रक्षा, प्रविधि र अध्यागमनका विषयमा छलफल हुने भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्