
गिरिजा प्रसाद कोइराला फाउन्डेसनले हुम्लाका दन्तबहादुर शाहीलाई कर्णाली प्रदेश खेलकुद संयोजकका रूपमा मनोनयन गरेको छ। उनको कार्यकाल दुई वर्षको हुनेछ।
फाउन्डेसनकी प्रमुख तथा पूर्वपरराष्ट्रमन्त्री सुजाता कोइराला र खेलकुद विभाग संयोजक तुलसी थापा मगरले शाहीलाई औपचारिक रूपमा प्रमाणपत्र प्रदान गरे।
सो अवसरमा थापा मगरले शाहीलाई सफल कार्यकालका लागि शुभकामना दिँदै कर्णाली प्रदेशमा खेलकुदको विकास र विस्तारमा उनको भूमिका महत्त्वपूर्ण हुने विश्वास व्यक्त गरिन्।
थापा मगर नेपाली खेलकुद क्षेत्रमा लामो समयदेखि सक्रिय खेलाडी एवं प्रशिक्षक हुन्। गिरिजा प्रसाद कोइराला फाउन्डेसन लोकतन्त्र, मानव अधिकार, महिला सशक्तीकरण तथा सामाजिक सेवामा क्रियाशील संस्था हो।
शाहीको नेतृत्वमा कर्णाली प्रदेशमा खेलकुद पूर्वाधारको विकास, खेलाडी उत्पादन तथा विभिन्न खेल गतिविधिको प्रवर्द्धनमा विशेष ध्यान दिइने अपेक्षा गरिएको छ।