०७ असार २०८३, आइतबार

रोहिणी गाउँपालिकाका अध्यक्ष यादव चढ्ने गाडीमा तोडफोड

फागुन २, २०८१
बुटवल
रोहिणी गाउँपालिकाका अध्यक्ष यादव चढ्ने गाडीमा तोडफोड

रुपन्देहीको रोहिणी गाउँपालिकाका अध्यक्ष विद्याप्रसाद यादव चढ्ने गाडीमा तोडफोड भएको छ ।

रोहिणी–३ लक्ष्मीनगरस्थित अध्यक्ष यादवको निवासमै पार्किङमा राखिएको गाडीमा तोडफोड गरिएको हो । 

बिहीबार राति अज्ञात व्यक्तिले गाउँपालिकाको गाडीमा तोडफोड गरेको अध्यक्ष यादवले बताए । 

उनका अनुसार लु १ झ ३९५ नम्बरको सरकारी गाडीमा ढुंगा प्रहार गरेर अगाडिको सिसा फुटाइएको छ । यसैगरी दायाँ साइडको सिसा फुटेको उनले बताए । 

गाडी तोडफोडको घटनाबारे प्रहरीलाई जानकारी गराएको अध्यक्ष यादवले बताए ।

salt training

कमेन्ट गर्नुहोस्