०४ असार २०८३, बिहीबार

रोबर्ट मुगाबेको राजीनामापछि जिम्बाब्वेवासीहरू खुशी

रोबर्ट मुगाबेको राजीनामापछि जिम्बाब्वेवासीहरू खुशी

काठमाडौं, ६ मंसिर — जिम्बाब्वेका राष्ट्रपति रोबर्ट मुगाबेले पदबाट राजीनामा दिएपछि जिम्बाब्वेवासीहरूले मंगलवार राति अबेरसम्म खुशियाली मनाएका छन् । 

मुगाबेले ३७ वर्षसम्म सत्ता चलाएका थिए र आफूलाई भगवानले मात्र हटाउनसक्ने बताएका थिए । 

उनले हटाएका उपराष्ट्रपति इम्मर्सन म्नाङ्गवा छिमेकी मुलुक दक्षिण अफ्रिकाबाट फर्केपछि नयाँ राष्ट्रपति छानिने सम्भावना छ । 

राजीनामा नदिने अडानमा रहेका मुगाबेले एक्कासि राजीनामा दिँदा मानिसहरू आश्चर्यमा परेका थिए । उनको राजीनामाको बेहोरा संसद्का सभामुखले पढेर सुनाएका थिए । 

शक्तिको सुचारु र शान्तिपूर्ण हस्तान्तरणका लागि आफूले राजीनामा दिएको र आफ्नो निर्णय स्वैच्छिक भएको उनले लेखेका थिए । 

उनको राजीनामा घोषणापछि संसदमा उनीविरुद्ध लगाइने भनिएको महाअभियोग प्रस्ताव रोकिएको थियो । 

सत्तारूढ दल र विपक्षी दलका सांसदहरू मुगाबेको राजीनामा सुनेपछि हर्षविभोर भएर चिच्याएका थिए । अनि सडकमा पनि मानिसहरूले खुशियाली मनाउँदै नाचगान गर्ने, कारको हरन बजाउने र झण्डा हल्लाउने  काम गरेका थिए । 
‘म एकदमै खुशी छु र धेरै उत्साहित छु । यो हाम्रो देशको सबभन्दा ठूलो क्षण हो,’ जुलियन म्तुकुद्जीले बताए । 

अभियन्ता तथा राजनीतिक उम्मेदवार भिम्बाईशे मुस्भाबुरी बीबीसीसँग कुराकानी गर्दागर्दै हर्षविभोर भएर रुन थालिन् ।

‘हामी यो मान्छेसँग वाक्कदिक्क भइसकेका थियौं । ऊ गएकोमा हामी खुशी छौं । हामी उसलाई अब चाहँदैनौं । यो हाम्रो विजय हो,’ उनले भनिन् । 

बीबीसीबाट

salt training

कमेन्ट गर्नुहोस्