०६ साउन २०८३, बुधबार

पार्टीभित्रका 'गुटपउगुट'लाई रूपान्तरण अभियानले हटाउँछ : नारायणकाजी श्रेष्ठ

फागुन २, २०८१
चितवन
पार्टीभित्रका 'गुटपउगुट'लाई रूपान्तरण अभियानले हटाउँछ : नारायणकाजी श्रेष्ठ

नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पार्टीभित्रको गुटउपगुट तथा व्यक्तिवादको समस्या रूपान्तरण अभियानबाट हल गर्ने बताएका छन् ।

प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति चितवनले आज आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा वरिष्ठ उपाध्यक्ष श्रेष्ठले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’कै नेतृत्वमा पार्टीलाई रुपान्तरण र एकताबद्ध ढङ्गले अघि बढाउन सकिने बताए। 

उनले माओवादी केन्द्रलाई बलियो बनाउँदै देशको आर्थिक समृद्धि र विकासको प्रक्रियामा फड्को मार्न सकिने उल्लेख गरे । 

वरिष्ठ उपाध्यक्ष श्रेष्ठले सरकारको टीकाटिप्पणी गरेर समय खेर नफाल्न आग्रह गरे ।

कमेन्ट गर्नुहोस्