
मोरङ, लमजुङ, पर्सा र डोल्पाको छुट्टाछुट्टै स्थानमा ४ जना मृत अवस्थामा फेला परेका छन् ।
केन्द्रीय प्रहरी समाचार कक्षले दिएको जानकारीअनुसार उनीहरू शुक्रबार मृत फेला परेका हुन् ।
मोरङको बेलबारी नगरपालिका- ३ पशु हटियास्थित हटियाको सटर छेउमा पथरी शनिश्चरे भातेगौडा घर भएका ५० वर्षीय गोपाल विक मृत भेटिएका छन् ।
यसैगरी, लमजुङको सुन्दरबजार नगरपालिका- ९ घुमाउनेस्थित बेली कृषि फर्मको खोंचमा राईनास नगरपालिका- ९ साउनेपानी घर भएका ४६ वर्षीय उमेश विक मृत फेला परेका छन् ।
यस्तै, पर्साको ठोरी गाउँपालिका- ३ ओडारस्थित ओडार खोलामा सोही गाउँपालिका- २ बर्मानगरका ७६ वर्षीय हस्तबहादुर श्रेष्ठ मृत फेला परेका छन् ।
यस्तै, डोल्पाको ठूली भेरी नगरपालिका- ३ जगत पुल नजिक ठूली भेरी नदीको किनारमा त्रिपुरा सुन्दरी नगरपालिका- ४ रंग घर भई ठूली भेरी नगरपालका- ३ मेलसेरा डेरा गरी बस्ने २४ वर्षीय विवश बुढा पनि शुक्रबार मृत अवस्थामा फेला परेका हुन् ।
थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।