१० असार २०८३, बुधबार

सामुदायिक वनमा लागेको आगो निभाउन कठिन, जोखिममा भेडीगोठ

फागुन ३, २०८१
बाग्लुङ
सामुदायिक वनमा लागेको आगो निभाउन कठिन, जोखिममा भेडीगोठ

बागलुङको निसीखोला गाउँपालिका–६ सिंवाद्वार क्षेत्रमा लागेको आगो अझै निभाउन सकिएको छैन । 

शुक्रबार दिउँसो २ बजेदेखि लागेको आगो निभाउन अझै नसकिएको भएको गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्ती मगरले बताए । 

सिंवाद्वार, सीप, तिग्रापानी, कोस्काँ, सुन क्षेत्रका सामुदायिक वनमा आगो लागेको हो । आगलागीका कारण उक्त क्षेत्रमा रहेका एक सयभन्दा बढी भेडीगोठ जोखिममा रहेको उनले बताए । 

आगो निभाउन स्थानीय र निसी प्रहरी चौकीबाट टोली खटिएको छ । अध्यक्ष मगरले भने, 'आगालागी भएको क्षेत्र निसीखोलाका किसानले भेडा चरनका रूपमा प्रयोग गर्ने ठाउँ हो, त्यहाँ एक सयभन्दा बढी गोठ र हजारौँको संख्यामा भेडाबाख्रा छन्, ति सबै आगलागीको जोखिममा छन् ।' आगलागीको कारण अझै पत्ता लागेको छैन । 

salt training

कमेन्ट गर्नुहोस्