२३ असार २०८३, मंगलबार

टिपर दुर्घटनामा चालकको मृत्यु

फागुन ३, २०८१
बाग्लुङ
टिपर दुर्घटनामा चालकको मृत्यु

बागलुङको निसीखोला गाउँपालिकामा टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

दुर्घटनामा  गुल्मीको इस्मा गाउँपालिका–३ का ४७ वर्षीय चालक कृष्ण कुमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुनिल शर्माले जानकारी दिए ।​ 

आज साँझ रुकुम पूर्वबाट बागलुङको बुर्तीवाङतर्फ जाँदै गरेको ग १ क ६१८९ नम्बरको टिपर निसीखोला गाउँपालिका–६ लामिडाँडामा दुर्घटना भएको थियो ।​

टिपर सडकदेखि करिब २०० मिटर तल खसेको उनले बताए ।

salt training

कमेन्ट गर्नुहोस्