२४ जेठ २०८३, आइतबार

बीवाईडीको डिपाइलट एडभान्स्ड इन्टेलिजेन्ट ड्राइभिङ असिस्टेन्स सिस्टम सार्वजनिक

फागुन ४, २०८१
काठमाडौं
बीवाईडीको डिपाइलट एडभान्स्ड इन्टेलिजेन्ट ड्राइभिङ असिस्टेन्स सिस्टम सार्वजनिक

विद्युतीय सवारी निर्माता बीवाईडीले आफ्नो मुख्यालय सेनझेनमा डिपाइलट एडभान्स्ड इन्टेलिजेन्ट ड्राइभिङ असिस्टेन्स सिस्टम (डिपाइलट सिस्टम) सार्वजनिक गरेको छ। 

डिपाइलट ६००, डिपाइलट ३०० र डिपाइलट १०० सहितको यो सिस्टमले सबै ग्राहकका लागि उच्चस्तरीय स्मार्ट ड्राइभिङ प्रविधिलाई सहज बनाउने बीवाईडीले जनाएको छ । यसले सवारी उद्योगको प्रविधिगत रूपान्तरणलाई निकै तीव्र बनाउने कम्पनीले जनाएको छ ।

बीवाईडीले यो सुविधा आफ्ना सबै मोडलमा बिनाकुनै अतिरिक्त शुल्क दिने जनाएको छ। सबैभन्दा कम मूल्यको मोडल सिगलमा समेत यो सुविधा उपलब्ध हुनेछ, जसको मूल्य ९,५५५ डलर मात्र रहेको छ। 

कम्पनीले नयाँ प्रविधिसँगै ग्राहकहरूलाई सुरक्षित र स्मार्ट ड्राइभिङ अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ। अहिलेसम्म, सेन्सर र क्यामेरा जस्ता उच्च प्रविधि भएका सेल्फ ड्राइभिङ सिस्टमहरू महँगा गाडीहरूमा मात्र उपलब्ध हुने गर्थे । तर, बीवाईडीले अब यो परिवर्तन गर्दै यस्ता प्रविधि केवल महँगा गाडीहरूमा सीमित नराखी, सबैलाई सहज रूपमा उपलब्ध गराउने भएको छ। बीवाईडीका सीईओ वाङ छुवान्फुले भनेका छन्, ‘राम्रो प्रविधिमा सबैको पहुँचमा हुनु पर्छ।’

डिपाइलट सिस्टम तीन भिन्न संस्करणहरूमा उपलब्ध छ। डिपाइलट ६०० मा तीनवटा लिडार छन्, जसलाई मुख्यतः याङवाङ मोडेलहरूमा प्रयोग गरिनेछ। डिपाइलट ३०० मा एउटा लिडार छ, जुन मुख्य रूपमा डेन्जा र केही बीवाईडी मोडेलहरूमा प्रयोग गरिनेछ । त्यस्तै, डिपाइलट १०० मा तीनवटा क्यामेरा छन्, जुन बीवाईडीका विभिन्न मोडेलहरूमा प्रयोग गरिनेछ।

विशेष गरी डिपाइलट १०० मा फ्रन्ट–फेसिङ तीन क्यामेरा 5R12V सेन्सिङ हार्डवेयर र एन्ड–टु–एन्ड कन्ट्रोल एल्गोरिदम समावेश छ, जसले प्रविधि, सेन्सर, एल्गोरिदम र डेटा क्षेत्रमा ठूलो प्रगति देखाउँछ। यसले ग्राहकहरूलाई सबैभन्दा आवश्यक पर्ने सुविधाहरू प्रदान गर्छ। राजमार्ग र शहरी एक्सप्रेसवेहरूमा, हाई स्पिड नेभिगेसन अन अटोपाईलट (एचएनओए) प्रणालीले नेभिगेसन मार्ग पछ्याएर र्‍याम्पबाट प्रवेश वा निकास गर्ने, लेन ठीक राख्ने, स्थिर गतिमा चल्ने, आफैं लेन परिवर्तन गर्ने र केही अवरोधहरू छलेर अगाडि बढ्ने जस्ता कामहरू पूरा गर्न सक्छ।

यसका साथै, अटोमेटेड भ्याले पार्किङ (एभीपी) प्रणालीले ड्रप–अफ र गो, गाडी लक गरेपछि आफैं पार्क हुने जस्ता सुविधाहरू प्रदान गर्छ। यो प्रणाली प्रयोगकर्ताको पार्किङ बानी र विभिन्न ड्राइभिङ परिस्थिति अनुसार काम गर्न सक्छ, जसले पार्किङलाई अझ सहज बनाउँछ।

मेमोरी नेभिगेसन अन अटोपाईलट (एमएनओए) प्रणाली दैनिक यात्रा वा अफिस आउने–जाने जस्ता उच्च–प्रयोग मार्गहरूका लागि उपयुक्त छ। यसले ट्राफिक बत्तीमा आफैं रोक्ने र अघि बढ्ने, जटिल मोडहरू पार गर्ने, स्वचालित ओभरटेक गर्ने, कुनै पनि परिस्थितिमा अवरोध छलेर अघि बढ्ने र लेन परिवर्तन गर्न सम्झौतासहित निर्णय गर्ने जस्ता सुविधाहरू प्रदान गर्छ। बीवाईडीले ग्राहकहरूलाई सबैभन्दा महत्त्वपूर्ण लाग्ने ड्राइभिङ परिस्थितिहरूमा केन्द्रित गर्दै सुरक्षा, आराम र सहजता प्रदान गर्ने लक्ष्य राखेको छ । ताकि हरेक व्यक्तिले बीवाईडीको प्रविधिको फाइदा उठाउन सकून्।

डिपाइलट सिस्टमले ग्राहकहरूको सुरक्षा निकै बढाउन सक्छ। एचएनओए अन्तर्गत, डिपाइलट १०० ले १,००० किलोमिटरसम्म बिना कुनै म्यानुअल हस्तक्षेप स्वचालित रूपमा यात्रा गर्न सक्छ। यसको अटोमेटिक एमरजेन्सी ब्रेकिङ (एईबी) प्रणालीले १०० किमि प्रतिघण्टासम्म गाडीलाई भरपर्दो रूपमा रोक्न सक्छ । र, भविष्यमा १२० किमि प्रतिघण्टा र १४० किमि प्रतिघण्टासम्मको गति सम्हाल्ने योजना रहेको कम्पनी बताउँछन् । एभीपी प्रणालीको सफलता दर ९९ प्रतिशत रहेकाले आपतकालीन अवस्थाहरूमा छिटो निर्णय गरेर दुर्घटना हुनबाट बचाउन मद्दत गर्ने कम्पनीले जनाएको छ ।

बीवाईडी सँग ५,००० भन्दा बढी इन्जिनियरहरू यो क्षेत्रमा काम गरिरहेका छन् भने ४४ लाखभन्दा बढी गाडीहरूमा एलटु स्तरको एडीएएस प्रविधि जडान गरिएको छ। यस विशाल भेहिकल–क्लाउड डाटाबेसको सहयोगले बीवाईडी स्मार्ट ड्राइभिङ प्रविधिको विकास र व्यापक प्रयोगमा नेतृत्व गर्न सक्षम रहेको छ।

विश्वकै अग्रणी नयाँ ऊर्जा सवारी निर्माताको रूपमा, बीवाईडीले ‘सुखद् जीवनका लागि प्रविधिगत नवप्रवर्तन’लाई आफ्नो मूल सिद्धान्त बनाएको छ। डिपाइलट इन्टेलिजेन्स रणनीतिमार्फत बीवाईडी, नयाँ विद्युती सवारीहरूको विकासलाई अगाडि बढाउँदै विश्वभरको अटोमोबाइल उद्योगलाई रूपान्तरण गर्न र सुरक्षित तथा दिगो यातायात समाधान प्रदान गर्न प्रतिबद्ध छ।
 

salt training

कमेन्ट गर्नुहोस्