०६ असार २०८३, शनिबार

जेसीबीले पल्टाएको ढुंगाले लागेर बालिकाको ​मृत्यु, चालक पक्राउ

फागुन ४, २०८१
बुटवल
जेसीबीले पल्टाएको ढुंगाले लागेर बालिकाको ​मृत्यु, चालक पक्राउ

गुल्मीको इस्मा गाउँपालिका– २ टारमा जेसीबीले पल्टाएको ढुंगाले लागेर स्कूल हिँडेकी बालिकाको ​मृत्यु भएको छ ।​ 

छल्दीबाट हस्तीचौर जाने भित्री कच्ची सडक खन्ने क्रममा श्रेष्ठ कन्स्ट्रक्सनको जेसीभीले पल्टाएको ढुंगाले लागेर आठ वर्षीया बालिका विष्णु कुमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालले जानकारी दिए ।

जेसीबी चालक मकवानपुर ईन्द्रचौर गाउँपालिका– ४ सिस्नेरीका ३६ वर्षीय राजेश रेग्मीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बालिका पालुखा माध्यमिक विद्यालयमा अध्ययन गर्दै आएकी थिइन् ।

विद्यार्थी स्कूल जाने समयमा पनि जेसीबी चलेको र घाइते छोरीको समयमै उद्धार नभएको बुवा ज्ञानबहादुर कुमालले बताए ।

बालिकाको शव गुल्मी अस्पतालमा राखिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्