११ साउन २०८३, सोमबार

रूस-युक्रेन युद्ध अन्त्य गर्नेबारे अमेरिकी विदेशमन्त्रीले के भने?

फागुन ५, २०८१
काठमाडौं
रूस-युक्रेन युद्ध अन्त्य गर्नेबारे अमेरिकी विदेशमन्त्रीले के भने?

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले एउटा बैठकले रुस-युक्रेन युद्ध अन्त्य गर्न नसकिने बताएका छन् । रुस-युक्रेन युद्ध रोक्न साउदी अरेबियामा हुन लागेको अमेरिकी अधिकारी र रुसी अधिकारीहरूबीचको बैठकअघि उनले भने, 'एउटा बैठकले युद्ध समाप्त हुँदैन।'

उनले यसका लागि अहिलेसम्म कुनै औपचारिक प्रक्रिया शुरू नभएको तर युक्रेन, रुस र अन्य सम्बन्धित पक्षहरूसँग छलफल गरिने बताए। 'राष्ट्रपति ट्रम्पले हाल रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग फोनमा कुरा गर्नुभएको छ र दुवै पक्षले युद्ध अन्त्य गर्ने इच्छा व्यक्त गरेका छन्। मलाई आशा छ कि यसपछि वार्ताको सम्पूर्ण प्रक्रिया कस्तो हुनेछ भनेर निर्धारण गर्न थप बैठकहरू हुनेछन्।'

यसैबीच, ह्वाइट हाउसका मध्यपूर्व प्रतिनिधि स्टिभ विटकफले रुसी अधिकारीहरूसँग वार्ता गर्नुअघि आइतबार साउदी अरेबियाको भ्रमण गर्ने पुष्टि गरेका छन्। इजरायल-हमास युद्धविराम वार्तामा विटकफले महत्त्वपूर्ण भूमिका खेलेका थिए।

salt training

कमेन्ट गर्नुहोस्