११ असार २०८३, बिहीबार

फाखेल–मातातीर्थ सडक आगामी चैत २१ गतेसम्म बन्द

फागुन ५, २०८१
काठमाडौं
फाखेल–मातातीर्थ सडक आगामी चैत २१ गतेसम्म बन्द

हेटौँडा–काठमाडौँ जोड्ने फाखेल–मातातीर्थ सडक आजदेखि चैत २१ गतेसम्म बन्द गरिएको छ । 

मकवानपुरको इन्द्रसरोबर गाउँपालिका–५ का वडाध्यक्ष दुतराज तितुङले एक सूचना जारी गर्दै सडक मर्मतका लागि बन्द गरिएको जानकारी दिए । 

सो सडकअन्तर्गत महालक्ष्मी दोभान–घट्टेखोला–चखेल हुँदै मातातीर्थ जोड्ने सडकमा पर्ने देउराली मातातीर्थ खण्डमा सडक निर्माण भइरहेकाले बाटो बन्द रहने अध्यक्ष तितुङद्वारा जारी सूचनामा उल्लेख छ । 

सडक निर्माणका साथै सडक स्तरोन्नति भइरहेकाले यातायात साधनको आवतजावत बन्द गर्नुपरेको अध्यक्ष तितुङले बताए । 

salt training

कमेन्ट गर्नुहोस्