२४ जेठ २०८३, आइतबार

नेशनल लाइफको एमडीआरटी सम्मान तथा तालिम सम्पन्न

फागुन ५, २०८१
काठमाडौं
नेशनल लाइफको एमडीआरटी सम्मान तथा तालिम सम्पन्न

नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले एमडीआरटी सम्मान तथा तालिम कार्यक्रम सम्पन्न गरेको छ ।

अभिकर्ताहरूको अन्तर्राष्ट्रिय फोरम एमडीआरटीले एमडीआरटी २०२५ मा छनोट हुनका लागि तोकेको बीमाशुल्क संकलन गरी नेपालभरबाट छनोट भएका १०० जना एमडीआरटी अभिकर्ताहरूका लागि चितवनमा कार्यक्रम गरेको हो  ।

समारोहमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले कम्पनीलाई अग्रस्थानमा पुर्‍याउन महत्त्वपूर्ण भूमिका खेल्ने अभिकर्ता समूहलाई उच्च प्राथमिकतामा राख्दै केही नयाँ अभ्यास शुरू गरेको र यसबाट अभिकर्ताहरू उत्साही भएको बताए ।

उनले अभिकर्ता सञ्जालको व्यावसायिकरणलाई सँधै उच्च स्थानमा राख्दै विविध मासिक र वार्षिक प्रोत्साहन योजना पेश गर्दै आएकोमा आगामी दिनमा पनि कम्पनीले यसमा यथासम्भव लगानी गरिरहने बताए । 

जीवन बीमा व्यवसाय दिनप्रतिदिन व्यावसायिक हुँदै गइरहेको परिप्रेक्षमा कम्पनीले आफ्नो तर्फबाट सकभर प्रयास गरी विगत केही वर्षदेखि उच्च बोनसदर प्रदान गर्दै आएको उनले बताए ।

एमडीआरटी २०२५ मा तोकिएको करिब ४७ लाख देखि ३ करोडसम्मको बीमाशुल्क संकलन गरी ९४ जनाले एमडीआरटी ३ जनाले सीओटी र २ जनाले  टीओटीको गरिमामय लक्ष्य हासिल गर्न सफल भएका कम्पनीले जनाएको छ ।

समारोहमा सबै १०० जना अभिकर्तालाई विशेष सम्मान गरिएको थियो भने निरन्तर ५१ दिनसम्म ५१ बीमालेख जारी गर्न सफल एमडीआरटी अभिकर्ता रुपक पराजुली र सबैभन्दा बढी एमडीआरटी अभिकर्ता उत्पादन गर्न सफल कलंकी शाखालाई पनि सम्मान गरिएको छ । 

कार्यक्रममा सहभागी भएका प्रदेश प्रमुख, शाखा प्रमुख लगायत मार्केटिङ कर्मचारी र अभिकर्ताहरूलाई अन्तर्राष्ट्रिय मोटिभेसनल स्पिकर विजय कुमार झाले जीवन बीमा व्यवसायमा थप हौसला प्रदान गर्दै अभिकर्ताहरूको व्यावसायिक दक्षता अभिवृद्धि गरी निरन्तर एमडीआरटीको लक्ष्य पूरा गराउने उद्देश्यले विभिन्न उदाहरण प्रस्तुत गर्दै  तालिम प्रदान गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्