
नेपाल स्टक एक्सचेन्ज(नेप्से) दोहोरो अङ्कले बढेको छ ।
मंगलबार नेप्से परिसूचक ११.९१ अङ्कले बढेर २७३९.८२ को विन्दुमा कायम भएको छ ।
यस दिन बजारमा १ करोड ८२ लाख ३० हजार ३०२ कित्ता शेयरको खरिद बिक्री हुँदा १० अर्ब ४३ करोड ७० लाख ६ हजार रुपैयाँको कारोबार भएको छ ।
अघिल्लो दिन सोमबार मात्रै २९.८७ अङ्कले बढेर २७२७.९१ को विन्दुमा बन्द भएको थियो ।
आज विन नेपाल लघुवित्त वित्तीय संस्था र गुराँस लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरूले सर्वाधिक नाफा कमाएका छन् । यी दुवै कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।
त्यस्तै, सप्तकोसी डेभलपमेन्ट बैङ्क र केबीएल डेबेन्चरको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले गिरावट आएको छ ।
कारोबारका आधारमा हिमालयन रिइन्स्योरेन्स लिमिटेड ८२ करोड २ लाख ३६ हजार रुपैयाँको कारोबार सहित शीर्ष स्तनमा रहेको छ ।