१५ असार २०८३, सोमबार

सरकार संसद् छल्न उद्यत छ : शक्ति बस्नेत

फागुन ६, २०८१
काठमाडौं
सरकार संसद् छल्न उद्यत छ : शक्ति बस्नेत

नेकपा माओवादी केन्द्रका सांसद शक्ति बस्नेतले सरकारले संसद् छल्न खोजेको आरोप लगाएका छन् ।

मंगलबार प्रतिनिधिसभाका बैठकमा बोल्दै बस्नेतले अध्यादेश, संसद्‌मा प्रश्नोत्तर र संसद्का निर्णयलाई लत्याउने विषय अनुचित भएको बताए । 

'अध्यादेश, संसद्‌मा प्रश्नोत्तर, संसद्का निर्णयलाई लत्याउने विषय हेर्दा संसद्‌भन्दा बाहिरबाट गएर सरकार चल्न खोज्दैछ भन्ने देखिन्छ,’ बस्नेतले भने, ‘यसको मूल्यांकन नगरी समस्या समाधान हुँदैन । भइरहेका गल्तीलाई ढाकछोप गर्न अरु गल्ती नगरौं ।’

सरकारले सुशासन र विकृतिका विषय आउने बित्तिकै छानबिनमा सौदाबाजी गर्न खोजेको बताए । 

‘छानबिन नगर्नुस् भनेको छैन । तर सरकारले सौदाबाजी गर्न खोजेको छ । सुशासनको प्रश्न आएपछि कसैतिर सोझ्याइहाल्नुहुन्छ । यसरी मुलुक सुशासनमा अगाडि बढ्दैन,’ बस्नेतले भने ।

salt training

कमेन्ट गर्नुहोस्