०७ असार २०८३, आइतबार

प्रधान सेनापति बृहत् विज्ञान प्रदर्शनी सम्पन्न

फागुन ६, २०८१
काठमाडौं
प्रधान सेनापति बृहत् विज्ञान प्रदर्शनी सम्पन्न

रिपुमर्दिनी सैनिक महाविद्यालयको २०औँ वार्षिकोत्सवको उपलक्ष्यमा आयोजित तीन दिने प्रधान सेनापति बृहत् विज्ञान प्रदर्शनी-२०८१ मंगलबार सम्पन्न भएको छ ।
समापन कार्यक्रममा प्रधान सेनापति अशोक राज सिग्देलले प्रदर्शनीको अवलोकन गर्नुका साथै विज्ञान प्रदर्शनीमा सहभागी विद्यालयहरुका उत्कृष्ट प्रोजेक्टहरूलाई पुरस्कृत गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । 
 

सोही अवसरमा रिपुमर्दिनी सैनिक महाविद्यालयका संरक्षक सैनिक श्रीमती संघकी अध्यक्ष निता क्षेत्री सिग्देलले पनि विभिन्न विधामा उत्कृष्ट छात्रछात्राहरुलाई पुरस्कार वितरण गरिन् ।  कार्यक्रममा प्रधान सेनापति सिग्देल तथा सैनिक श्रीमती संघकी अध्यक्ष सिग्देलले संयुक्त रूपमा महाविद्यालयको वार्षिक मुखपत्र रिपुमर्दिनी रिदमको विमोचन गरेका थिए ।  

बलाध्यक्ष रथी प्रदीप जंग के.सी.ले फागुन ४ गते  समुद्‍घाटन गरेको उक्त प्रदर्शनीमा विभिन्न सामुदायिक तथा संस्थागत गरी कुल २५ वटा विद्यालयका ३९ वटा प्रोजेक्टहरूको सहभागिता रहेको थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्