२६ जेठ २०८३, मंगलबार

‘सक्किगोनि’को ९१औँ भाग प्रसारण रोकियो

फागुन ८, २०८१
काठमाडौं
‘सक्किगोनि’को ९१औँ भाग प्रसारण रोकियो

उच्च अदालत पाटनको आदेशपछि टेलिश्रृंखला ‘सक्किगोनि’को ९१औँ भाग प्रसारण समेत प्रभावित बनेको छ । 

टेलिश्रृङ्खलाको ९१औँ भागमा फिल्म ‘लाज शरणम्’को प्रचारप्रसार सामग्री रहेकाले अदालतको आदेशअनुसार सामग्री प्रसारण गर्न असमर्थ भइएको कलाकार अर्जुन घिमिरेले जानकारी दिए । 

‘सम्पूर्ण दर्शकहरूमा सादर नमस्कार ! पाटन उच्च अदालतले हाम्रो चलचित्र लाज शरणम‍्को प्रचारप्रसारमा रोक लगाएपछि हामीले चलचित्र प्रचारप्रसारको निम्ति छायांकन गरिसकेको टेलिसिरियल सक्किगोनिको ९१औँ भाग अदालतको आदेशलाई आत्मसाथ गर्दै प्रसारण गर्न असमर्थ भएका छौँ । उक्त कारण यहाँहरू सम्पूर्णमा पर्न गएको असुविधाप्रति हामी क्षमाप्रार्थी छौँ’, उनले सामाजिक सञ्जाल फेसबुकमा भनेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्