३१ जेठ २०८३, आइतबार

रोलरको ठक्करबाट १ जनाको मृत्यु, चालक पक्राउ

फागुन ९, २०८१
काठमाडौं
रोलरको ठक्करबाट १ जनाको मृत्यु, चालक पक्राउ

काठमाडौं महानगरपालिका–१३ पुरानो कालीमाटीस्थित निर्माणाधीन सडकमा रोलरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा धादिङको गङ्गाजमुना गाउँपालिका–५ बस्ने ५५ वर्षीय साने गुरुङ रहेका जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । 

उक्त घटनापछि फरार रहेका रोलरका चालक मकवानपुरका उमेश स्याङतानलाई काठमाडौंको नागार्जुन नगरपालिका–१० स्युचाटारबाट पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए। 

उनका अनुसार उनलाई पक्राउ गरी आजै थप अनुसन्धान तथा कारबाहीका लागि उनलाई प्रहरी वृत्त कालीमाटी पठाइएको छ । 

salt training

कमेन्ट गर्नुहोस्