१५ असार २०८३, सोमबार

लोकतन्त्रको विकल्प लोकतन्त्रबाहेक अरु हुन सक्दैन :  गृहमन्त्री लेखक

फागुन १०, २०८१
काठमाडौं
लोकतन्त्रको विकल्प लोकतन्त्रबाहेक अरु हुन सक्दैन :  गृहमन्त्री लेखक

गृहमन्त्री रमेश लेखकले लोकतन्त्रको विकल्प नभएको बताएका छन् ।

आज काठमाडौंमा आयोजित सुदूरपश्चिम कानून समाजको प्रथम अधिवेशनमा उनले लोकतन्त्रको विकल्प लोकतन्त्र मात्रै हुने बताएका हुन्  ।

'अहिलेको संविधानले लोकतन्त्रलाई सुनिश्चित गरेको छ, यसको विकल्प खोज्ने भनेको मुलुकलाई सङ्कटमा धकेल्ने काम हो, त्यसैले सबै ठाउँबाट संविधानमाथि हुने आक्रमणको डटेर सामना गर्नुपर्छ,' उनले भने ।

लोकतन्त्रको रक्षा, संविधानको सुरक्षा र समावेशिताको सुदृढीकरण आजको आवश्यकता भएको गृहमन्त्री लेखकले बताए । 

दश वर्षमा संविधानको अभ्यास गर्दा देखिएका सबल र दुर्बल पक्षको विश्लेषण गरी संविधान संशोधनको तयारी भइरहेको उनले बताए  ।

कानून र नीतिगत सुधार सरकारका प्राथमिकता भएको बताउँदै उनले राज्यका सबै अङ्गमा सुदूरपश्चिमको उचित प्रतिनिधित्व गराउन आफू लागिपरेको बताए ।

salt training

कमेन्ट गर्नुहोस्