काठमाडौं, ५ माघ — अजय देवगणले लामो समयदेखि ‘सन्स अफ सरदार’ नामक फिल्म बनाउने कुरा गरिरहेका छन् । भारतीय इतिहासको प्रसिद्ध सारागढी युद्ध फिल्मको विषय हो ।

अजयका साथी निर्देशक राजकुमार सन्तोषीले रणदीप हुड्डालाई लिएर यो फिल्म बनाउन थालेका छन् । अब आएर करण जोहर र सलमान खानले पनि यही विषयमा फिल्म निर्माण गर्ने कुरा उठेको छ ।
यसमा हिरो अक्षय कुमार हुनेछन् ।
यसरी आफूले छनोट गरेको विषयमा सलमानले फिल्म बनाइदिन लागेपछि अजयले चित्त दुखाएका छन् ।
सूत्रहरूका अनुसार अजयले सलमानलाई एक भावुक सन्देश पठाएर सलमानको यो कार्यबाट आफू दुःखी भएको बताएका छन् । यो फिल्म नबनाइदिए हुन्थ्यो भन्ने अजयको आग्रह छ ।
आफूले यत्तिका दिनसम्म मेहनत गरेको विषयमा फिल्म बनाइदिनु गलत भएको उनको तर्क छ ।
तर सलमान खानका निकटवर्तीहरूका अनुसार सलमानलाई अजय पनि यही विषयमा फिल्म बनाउँदैछन् भन्ने थाहा नै छैन । ‘सलमान कसैलाई पनि थाहा पाईपाई दिल दुखाउने मानिस होइनन्,’ उनीहरू भन्छन् ।
एजेन्सी