२५ असार २०८३, बिहीबार

एकै महिनामा प्रहरीले संकलन गर्‍यो ५२ करोड बढी राजस्व संलन

फागुन १३, २०८१
काठमाडौं
एकै महिनामा प्रहरीले संकलन गर्‍यो ५२ करोड बढी राजस्व संलन

नेपाल प्रहरीले विभिन्न आपराधिक क्रियाकलाप नियन्त्रणका क्रममा एकै महिनामा ५२ करोड ४७ लाख रूपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ । 

नेपाल प्रहरीका प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यले गत माघमा देशभरबाट ५२ करोड ४७ लाख ६ हजार ८७९ रूपैयाँ राजस्व संकलन गरेको जानकारी दिए । 

सबैभन्दा बढी अदालती फैसला कार्यान्वयनमा राजस्व संकलन गरिएको छ । फरार अपराधी पक्राउलगायतबाट मात्रै २३ करोड ९२ लाख ९१ हजार बढी राजस्व संकलन गरिएको छ । यो कूल राजस्व संकलनको ४५ प्रतिशतभन्दा बढी हो । 

त्यसपछि भन्सार छलीका मालसामान बरामदबाट १६ करोड २७ लाख राजस्व संकलन गरिएको छ । त्यसैगरी ट्राफिक कारबाहीबाट नौ करोड ५९ लाख, अवैध सुन चाँदी बरामदबाट एक करोड, हुण्डी कारोबार गर्नेबाट ३७ लाख राजस्व संकलन गरिएको प्रवक्ता आचार्यले बताए । 

उनका अनुसार स्रोत नखुलेको रकम ८१ लाख, अवैध नदीजन्य पदार्थ उत्खनन् नियन्त्रणका क्रममा २२ लाख ५३ हजार, अवैध काठ बरामदबाट आठ लाख ९१ हजार र अवैध पशुपन्छी नियन्त्रणबाट १५ लाख ७१ हजार राजस्व संकलन भएको छ । 

salt training

कमेन्ट गर्नुहोस्