
च्याम्पियन्स ट्रफी अन्तर्गत अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीचको खेल रद्द भएको छ। वर्षाका कारण टस नै नभइ खेल रद्द भएको हो ।
पाकिस्तानको रावलपिण्डीमा तय भएको खेल रद्द भएपछि दुवै टिमले समूह बीमा एक/एक अंक बाँडेका छन् ।
यसअघिको पहिलो खेलमा दुवै टोलीले जीत दर्ता गरेका थिए । अष्ट्रेलियाले इंग्ल्याण्डलाई ५ विकेटले पराजित गरेको थियो भने दक्षिण अफ्रिकाले अफगानिस्तालाई १०७ रनले पराजित गरेको थियो ।
समूह बीमा ३/३ अंक भए पनि अंकतालिकामा दक्षिण अफ्रिका पहिलो र अष्ट्रेलिया दोस्रो स्थान छन् ।