२४ जेठ २०८३, आइतबार

आयोजक ब्लेजर्स भद्रपुर झापा गोल्डकपको फाइनलमा

फागुन १३, २०८१
झापा
आयोजक ब्लेजर्स भद्रपुर झापा गोल्डकपको फाइनलमा

दोस्रो संस्करणको भद्रपुर झापा गोल्डकप २०८१ को पहिलो सेमिफाइनलमा बङ्गलादेशको काउर्न बजार प्रगति संघलाई पराजित गर्दै आयोजक भद्रपुर ब्लेजर्स फाइनलमा प्रवेश गरेको छ ।

मेची रंगशालामा मंगलबार भएको खेलमा काउर्न बजार आयोजक ब्लेजर्ससँग टाइब्रेकरमा ४–३ ले पराजित भयो । ब्लेजर्सका लागि सत्यम शर्मा, अर्मन बिडोङ, दिवस उराउ, अबायोमिले गोल गरे । पेनाल्टीमा ब्लेजर्सका लागि कुलदिप कार्कीले गरेको प्रहार बारमा लागेर बाहिरियो । 

काउर्न बजारका साइद, एस सिल्ला र साइडोस्टोनले गोल गरे । युसोफ एमबी र इब्राहिमले प्रहार बाहिरियो । यसअघि निर्धारित ९० मिनटको खेलमा १–१ को बराबरी भएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो । 

सत्यम शर्माले खेलको २५औँ मिनटमा गोल गर्दा ब्लेजर्सले अग्रता बनाएको थियो तर काउर्न बाजारका साकिलले खेलको ६२ औँ मिनटमा गोल फर्काए । 

आयोजक ब्लेजर्सले झापा –११ र भुटानको डागा युनाइटेड एफसीबीच बुधबार हुने दोस्रो सेमिफाइनल खेलको विजेतासँग फाइनल खेल्नेछ । प्रतियोगिताको विजेता टोलीले नगद १३ लाख तथा उपविजेताले नगद सात लाख रूपैयाँ प्राप्त गर्नेछन्  । 

salt training

कमेन्ट गर्नुहोस्