काठमाडौं, ७ मंसिर — जिम्बाब्वेका पूर्वराष्ट्रपति रोबर्ट मुगाबेलाई अभियोजनबाट मुक्ति दिइने तथा उनलाई घरमै सुरक्षित राखिने शर्तमा राजीनामा दिन लगाइएको यो सम्झौताका जानकार सूत्रहरूले बिहीवार दिएका छन् ।
मुगाबेले जिम्बाब्वेमा ३७ वर्ष शासन गरेका थिए तर सेनाले सत्ता हात पारेर सत्तारूढ दलले पनि उनीविरुद्ध गएपछि उनले मंगलवार राजीनामा दिएका थिए ।
पूर्वउपराष्ट्रपति इम्मर्सन म्नाङगवालाई शुक्रवार राष्ट्रपतिको शपथ दिलाइने सम्भावना छ ।
रोयटर्सबाट