१० असार २०८३, बुधबार

माओवादीमा सक्रिय भएका पूर्वउपराष्ट्रपति भन्छन्–  गणतन्त्रविरुद्धको आन्दोलन सम्भव छैन

फागुन १४, २०८१
काठमाडौं
माओवादीमा सक्रिय भएका पूर्वउपराष्ट्रपति भन्छन्–  गणतन्त्रविरुद्धको आन्दोलन सम्भव छैन

पछिल्लो समय माओवादी केन्द्रमा सक्रिय भएका पूर्वउपराष्ट्रपति नन्दकिशोर पुन ‘पासाङ’ले सङ्घीय लोकतान्त्रिक गणतन्त्रविरुद्धको आन्दोलन सम्भव नहुने बताएका छन् । 

गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले आज जनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेलको २९औँ स्मृति दिवसको अवसरमा आयोजना गरेको सहिदपरिवार सम्मान तथा प्रगतिशील साहित्यिक गोष्ठी एवं बलिदानी दिवस कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘‘गणतन्त्रमाथि चौतर्फी हमला भइरहेको छ, दुई पटक उपराष्ट्रपति पनि भएँ तर गणतन्त्रमार्फत प्राप्त समानुपातिक समावेशी अधिकार कसरी हत्याउन सकिन्छ, भनेर प्रतिगामी शक्ति क्रमशः हाबी हुँदै गएको मैले देखेँ ।’’ 

नेपाली जनता संविधानले निर्दिष्ट गरेको बाटोमा अघि बढ्न चाहेको उनले बताए । संविधानले समाजवादको परिकल्पना गरेकाले पूर्वउपराष्ट्रपति पुनले समाजवाद प्राप्तिपछि मात्र सहिदहरुको सपना सार्थक हुने उल्लेख गरे । 

जनताका आवश्यक एकैचोटी पूरा हुन नसक्ने भए पनि पार्टीहरुले निरन्तर जनताको पक्षमा काम गर्नुपर्नेमा उनले जोड दिए । 

salt training

कमेन्ट गर्नुहोस्