११ असार २०८३, बिहीबार

बुद्ध भारतमा जन्मेको भन्ने दलाई लामालाई यस्तो चेतावनी

बुद्ध भारतमा जन्मेको भन्ने दलाई लामालाई यस्तो चेतावनी

काठमाडौं, ७ कात्तिक— धार्मिक नेता दलाई लामाले बुद्ध भारतीय भएको भन्दै दिएको अभिव्यक्तिप्रति डा. प्रकाश चन्द्र लोहनी नेतृत्वको एकीकृत राप्रपा राष्ट्रवादीले आपत्ति जनाएको छ । 

लोहनीले बिहिबार एक विज्ञप्ति जारी गर्दै लामाको अभिव्यक्ति दूर्भाग्यपूर्ण भएको बताउँदै यथार्थलाई बिर्सेर गलत अभिव्यक्ति नदिन चेतावनी दिएका छन् । 

विज्ञप्तिमा  बुद्ध जन्मेको लुम्बिनी नेपालमै रहेको र उनलाई विश्वले  उनी नेपालमा जन्मिएको भनि स्वीकार गरेको उल्लेख गर्दै दलाई लामाको अभिव्यक्तिले  सम्पूर्ण नेपालीको भावनामा चोट पुर्याएको उल्लेख गरिएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्