०७ असार २०८३, आइतबार

सामाजिक सञ्जालमा भाइरल यी महिलाको उमेर कति होला ? (भिडियो सहित)

कात्तिक २०, २०७४
सामाजिक सञ्जालमा भाइरल यी महिलाको उमेर कति होला ? (भिडियो सहित)
काठमाडौं — सामाजिक सञ्जालले आधुनिक विश्वलाई हल्लाइरहेको छ । यहाँ रातारात कोही हिरो हुन्छन् भने कोहीले गाली खाएर बेइज्जत हुनुपर्छ ।


एकताका पाकिस्तानी चायवाला, अनि तरकारीवाली कुसुम श्रेष्ठ हिट भएजस्तै अहिले आएर एक किसान महिलाको फोटो भाइरल भइरहेको छ ।

फार्म लेडी नाम दिइएकी यी महिलाका हट तस्वीरहरूले आजकल खुबै धमाका मच्चाइरहेका छन् । हुन पनि यति हट र फिट फार्म लेडी कहिल्यै देख्न पाइएको थिएन ।


यी हुन् अमेरिकाको नर्थ क्यारोलाइना राज्यकी जेनिफर किंग । युट्युबमा उनका भिडियो अपलोड भएपछि भाइरल भइरहेका छन् ।

उनको फिटनेस र स्वास्थ्य देखेर तपाईं उनको उमेरको अनुमान गर्न सक्नुहुन्छ । हुनसक्छ तपाईंको अनुमान गलत ।


यी महिला ५० वर्षकी भइसकिन् तर देखिन्छिन् २५ की । आफ्नो फिगर मेन्टेन गर्नका लागि जेनिफर जिम जान भ्याउँदिनन् । यसको साटो उनी गह्रौं घनले टायर ठटाउँछिन् अनि भारी सामान तान्छिन् ।

जेनिफरले आफ्नै फिटनेस च्यानल शुरु गरेकी छन् युट्युबमा । यही च्यानलमार्फत उनी वर्षको एक करोड रुपैयाँ समेत कमाइरहेकी छन् ।


व्यायामका साथसाथै खानामा पनि उनी खुब ध्यान दिन्छिन् ।

फिटनेसको उनको मन्त्र हो : खुशी हुने । खुशी रहँदा स्वास्थ्यमा राम्रो प्रभाव पर्ने उनको मान्यता छ ।


हेरौं भिडियो :

 

एजेन्सी

कमेन्ट गर्नुहोस्