०४ असार २०८३, बिहीबार

ढोरपाटनका किसानलाई अनुदानमा हाते ट्याक्टर

फागुन २१, २०८१
काठमाडौं
ढोरपाटनका किसानलाई अनुदानमा हाते ट्याक्टर
फाइल तस्वीर

बाग्लुङ
बागलुङको ढोरपाटन नगरपालिकाले किसानलाई आधुनिक प्रविधिसँग जोड्न हाते ट्याक्टर वितरण गरेको छ ।

नगरपालिकाका नौ वटै वडाबाट सिफारिस भएर आएका किसानलाई ५० प्रतिशत अनुदानमा हाते ट्याक्टर वितरण गरेको हो । 

किसानको माग र आवश्यकलाई मध्यनजर गरी नगरपालिकाले हाते ट्याक्टर उपलब्ध गराएको प्रमुख प्रशासकीय अधिकृत चीरञ्जीवी घिमिरेले बताए । विभिन्न वडाका १९ जना किसानलाई हाते ट्याक्टर वितरण गरेको उनको भनाइ छ । 

किसान र नगरपालिकाको गरी कूल रु नौ लाख ९२ हजार बजेटमा हाते ट्याक्टर उपलब्ध गराएको घिमिरेले बताए । प्रतिहाते ट्याक्टरको मूल्य ५२ हजार परेकोमा किसानले २६ हजार तिरेका थिए । 

ढोरपाटन नगरपालिकाका उपप्रमुख धनबहादुर कायतले ग्रामीण क्षेत्रका अधिकांश नागरिक कृषि र पशुपालन पेसामा आबद्ध रहेको हुँदा उनीहरूलाई व्यावसायिक बनाउन आधुनिक सामग्री प्रदान गरिएको बताए । पछिल्लो समय कृषिमा हाते ट्याक्टरको प्रयोग बढ्दो छ ।

salt training

कमेन्ट गर्नुहोस्