
नेकपा माओवादी केन्द्रको पदाधिकारी बुधबार बस्दै छ । बिहान ९ बजे अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा बैठक बस्न लागेको हो ।
सरकारले सदनमा पेस गर्न लागेको अध्यादेश, तराई मधेस जागरण अभियानलगायत समसामयिक विषयमा बैठक निर्णयमा पुग्ने प्रचण्डका स्वकीय सचिव गोविन्द आचार्यले जानकारी दिए ।